काठमाडौं – काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रको मतपरिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेसले पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन र नेकपा एमालेले एक स्थानमा चुनाव जितेको छ ।
कांग्रेसबाट क्षेत्र नं. १ मा प्रकाश मान सिंह, क्षेत्र नं. ३ मा सन्तोष चालिसे, क्षेत्र नं.४ मा गगन कुमार थापा, क्षेत्र नं.५ मा प्रदिप पौडेल र क्षेत्र नं. १० मा राजेन्द्र कुमार केसी बिजयी भएका छन् ।
त्यस्तै स्वतन्त्र पार्टीबाट क्षेत्र नं. २ मा सविता गौतम, क्षेत्र नं.७ मा गणेश पराजुली र क्षेत्र नं.८ मा विराज भक्त श्रेष्ठ विजयी भएका छन् । उता नेकपा एमालेबाट क्षेत्र नं.९ मा कृष्ण गोपाल श्रेष्ठ विजयी भएका छन् ।
काठमाडौंकै ६ नम्बर क्षेत्रमा शिशिर खनालले फराकिलो अग्रता लिएका छन् । शिशिरले ७ हजार ७१५ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार ६३२ मत पाएका छन् ।
काठमाडौं - १
प्रकाश मान सिंह ७१४३
रवीन्द्र मिश्र ७०१८
पुकार बम ४११५
काठमाडौं - २
सोविता गौतम १५२२९ विजयी
मणिराम फुयाल ११५५५
कुन्ती देवी पोखरेल ११०१४
ओनसरी घर्ती ९४४९
काठमाडौं - ३
सन्तोष चालिसे १५१५८ विजयी
कृष्णबहादुर राई १११९६
काठमाडौं - ४
गगन कुमार थापा २१३०२ विजयी
राजन भट्टराई १३८५५
काठमाडौं - ५
प्रदीप पौडेल १५२३७ विजयी
ईश्वर पोखरेल १०१७५
काठमाडौं - ६
शिशिर खनाल ७७१५ अग्रता
भिमसेन दास प्रधान ४६४२
सर्वेन्द्र खनाल ४६३२
काठमाडौं - ७
गणेश पराजुली ८७४३ विजयी
श्याम कुमार घिमिरे ६८००
काठमाडौं - ८
विराज भक्त श्रेष्ठ १०१०५ विजयी
सुमन सायमी ६१७४
काठमाडौं - ९
कृष्ण गोपाल श्रेष्ठ ११९५६ विजयी
टेक बहादुर पोखरेल १०९६१
काठमाडौं - १०
राजेन्द्र कुमार के.सी. १४४५८ विजयी
हिमेस केसी ११७८६
अनलाइन खबरको सहयोगमा