प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमानले गरे आत्मासर्मपण

२०८० असार २३, शनिबार १४:३० बजे

हेटौंडा – सर्लाहीमा एक ब्यक्तिले आफ्नै श्रीमतीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतोले आफ्नै २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामले शुक्रबार घरायसी झगडाको कारण आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेपछि उनी आफै ईलाका प्रहरी कार्यालय हरीवनमा आत्मासर्मपण गरेको प्रहरीले जनाएको छ ।

रामलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।