प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९ जेठ ९, सोमबार १३:०० बजे

हेटौंडा – क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका १ मा सोमबार क्रेनको ठक्करबाट गौशला नगरपालिका ६ का ३५ वर्षिय बेचन राउतको मृत्यु भएको हो ।

गम्भिर घाइते उनलाई उपचारको लागी शुभ स्वस्तिक अस्पताल बर्दिबास पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । बिहान पौने ११ बजे क्रेनले राउत सवार ज ५ प ४५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुबै सवारी साधन सहित क्रेन चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।