प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

२०८० पौष १५, आईतबार १६:५० बजे

झापा – आफ्नै श्रीमती ६० वर्षीया ईन्द्र कुमारी बिश्वकर्माको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम माङसेबुङ गाउँपालिका–४ घर भई झापा दमक नगरपालिका–२ बगर मखमली टोल बस्ने ६० वर्षीय धन बहादुर बिश्वकर्मा रहेका छन् ।

प्रहरीका अनुसार सामान्य विवादको क्रममा धन बहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्र कुमारीको घटनास्थलमै मृत्यु भएको थियो । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले शनिबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।