हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ बायोखोला स्थित डाँडाबास–पालुङबाट प्रहरीले ४ सय २२ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
आइतरबार ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोखिराखेको ना। ६ ख। ३२४३ नम्बरको मिनि ट्रक १४ वटा बोराभित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाधिएको २८ प्याकेट(४ सय २२) लागूऔषध गाँजा बरामद गरिएको हो ।
फेला पारेको उक्त लागूऔषध गाँजा, मिनिट्रकलाई नियन्त्रणमा लिएर संलग्न व्यक्तिहरुको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।