प्रहर खबर
 २०८३ जेष्ठ २२, शुक्रवार    

बुवाआमाको कुटाइबाट तीन वर्षीय बालकको मृत्यु

२०७९ माघ १७, मंगलबार ०२:५३ बजे

काठमाडौं – मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गरी तीन वर्षीया बालकको हत्या गरेका छन्। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टकुचा नालास्थित इँटा भट्टामा काम गर्दै आएका एक दम्पतीले कुटपिट गरी तीन वर्षीया बालकको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेका हुन्। दाङको घोराही नगरपालिका–९ स्थायी घर भएका तिलकराम र उर्मिलाको कुटपिटपछि विमलको माघ १३ गते मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।