प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हराइरहेका चार वर्षीय बालक मृत अवस्थामा फेला

२०७९ फाल्गुन ९, मंगलबार ०८:५४ बजे

काठमाडौं – सोमबारदेखि हराइरहेका चार वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका– ५ पर्स्याङको धारापानी बस्दै आएका चार वर्षीय सुहान केसी क्षेत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी पर्स्याङकै खुँडेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । अपरान्ह ४ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।