प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेस छाडेर एनसीपी प्रवेश गरेका नेता बाबा हत्या

२०८१ आश्विन २७, आईतबार ०७:४१ बजे

काठमाडौं – शनिबार राति भारतको मुम्बईस्थित बान्द्रा इस्ट भन्ने स्थानमा एकजना नेताको गोली हानेर हत्या भएको छ । अजित पवार गुट (एनसीपी) पार्टीका नेता बाबा सिद्धिकीको गोली हानेर हत्या भएको हो । उनी कांग्रेस छाडेर हालैमात्र एनसीपी प्रवेश गरेका थिए ।

छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो । उनी ४८ वर्षदेखि कांग्रेसमा थिए । यसै वर्षको फेब्रुअरी महिनामा उनी कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए ।

भारतीय मिडियाहरुका अनुसार उनको हत्याको घटना अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि सोधपुछ चलिरहेको छ ।