प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दियो सल्केर एकजनाको मृत्यु

२०८० कार्तिक २८, मंगलबार ०७:५२ बजे

काठमाडौँ – भक्तपुरमा लक्ष्मीपूजा गर्दा दियो सल्केर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थली घर भएकी ८३ वर्षीया साबित्री देवी दाहाल छिन् ।

आइतबार लक्ष्मीपुजा गर्ने क्रममा उनले लगाएको लुगामा दियो सल्किएको थियो । कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।

उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।