वीरगन्ज – पर्साको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टोन सुकुमेल चोरी भएको छ। काठमाडौँस्थित पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरको सिल फोडेर ११ कान सुकुमेल चोरी भएको हो ।
प्रतिकार्टोन ४० किलोका दरले ४४० किलो सुकुमेल रहेको थियो । चोरी भएको सुकुमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रुपियाँ रहेको उनको भनाइ छ । सुक्खा बन्दरगाठ भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका कामदारकै मिलोमतोमा सुकुमेल चोरी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको प्रतिनिधि बरालले जानकारी गराए ।
सुकुमेल जाँचपास गर्न २० प्रतिशत भन्सार महसुल १० प्रतिशत अन्त शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ४३ प्रतिशत अर्थात् ८० लाख राजस्व तिर्नुपर्नेमा आयातकर्तासँग रकम अभाव भएपछि विगत दुई महिनादेखि जाँचपासका लागि सो कन्टेनर सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा अडकिएको थियो ।
यता कार्यालयका प्रमुख रामप्रसाद मैनालीले कन्टेनरको उक्त घटनाबारे अनुसन्धान भइरहेको र पछि थप विवरण उनका अनुसार चोरी भएको ११ कानमा उपलब्ध गराउने बताए । गत अक्टोबर १९ तारिकमा दुबई हुँदै विशाखापटम बन्दरगाह भएर एक्सप्रेस-वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा ल्याइएको दुई सय कार्टोन सुकुमेलमध्ये कन्टेनर नम्बर इएससियु २००२२०६ र इएससियु २००२२४८ को सिल फोडेर सुकुमेल चोरी भएको आयात कर्ता कम्पनीका वीरगन्जस्थित प्रतिनिधि मधु बरालले जानकारी दिए ।