प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चीन–किर्गिस्तान सीमामा शक्तिशाली भूकम्प

२०८० माघ ९, मंगलबार ०९:०५ बजे

काठमाडौँ – सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् ।

भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ ।