प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एक पुरुषको शव फेला

२०८१ बैशाख २४, सोमबार १९:१७ बजे

काठमाडौं – काठमाडौंको शङ्खपार्कमा एक पुरुषको शव फेला परेको छ।

अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाइ छ।

शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए।