प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दोहोरो नागरिकता बनाउने दुई जना पक्राउ

२०८० असार २०, बुधबार ११:४७ बजे

हेटौंडा – दोहोरो नागरिकता बनाएको कसूरमा कञ्चनपुरबाट २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका-५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि कसूरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि अनुसन्धानको सिलसिलामा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।