प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

२०८१ बैशाख ३०, आईतबार २०:४३ बजे

हेटौंडा – सिन्धुपाल्चोकमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल र टिपर एकआपसमा अनियन्त्रित भई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो।

बनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प. ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–००६ ख. २७१६ नम्बरको टिपर जल्केनी मोडमा ठोक्किँदा हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका-७ की इन्दिरा अधिकारी रहेकी छन्। उनी श्रीमान् सन्तोष दुलालले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन्।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मोटरसाइकल चालक सन्तोष घाइते छन्।

टिपर चालक चौतारा साँगाचोकगढी नगरपालिका-११ का मनोहरी गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।