काठमाडौँ – सानिमा बैङ्कले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौँ उपत्यकाबाहिरका शाखाबाट छात्रवृत्ति आवेदन खुला गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैङ्कले जनाएको छ ।