गुल्मी – गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुल्मीदरबार गाउँपाालिका वडा नम्बर ३ गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्ती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गौंडाकोटबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल बिहीबार साँझ दुर्घटना भएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा गुल्मीदरबार गाउँपालिका वडा नम्बर– ४, भट्टेचौरका ३१ वर्षीय यमबहादुर सूर्यवंशी घाइते हुनुभएको छ । उहाँको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।