प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमतामा जङ्गली हात्ती मृत फेला

२०८० मंसिर २८, बिहीबार १२:३३ बजे

झापा – बाह्रदशी गाउँपालिका–१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरी बारीमा मृत अवस्थामा फेला परेको उनले बताए । हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापाका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेका छन् ।