हेटौंडा – झापाको विर्तामोड नगरपालिका ६ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय पुकार केसी रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको हो । प्रदेश १–०२०४३ प ८४७४ नम्बरको मोटरसाइकल आज बिहान ४ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।