मस्को – रुसले कब्जा गरेको पूर्वी क्षेत्र लुहान्स्कको लिसिचान्स्क सहरमा रहेको एउटा बेकरीमा युक्रेनी सेनाले गरेको गोलाबारीमा कम्तिमा २८ जनाको मृत्यु भएको छ ।
रूसी नागरिक रक्षा, आपतकालीन तथा प्रकोप राहत मन्त्रालयले मृतकमध्ये कम्तीमा एक बालक रहेको जनाएको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाका अनुसार युक्रेनले अमेरिकाले आपूर्ति गरेको हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम प्रयोग गरेर भवनमा आक्रमण गर्दा दर्जनौं नागरिकहरू भवन भित्र रहेको थिए ।
रूसी आपतकालीन मन्त्रालयले जारी गरेको एक भिडियोमा मृत शरीरहरू फेला पारेका थिए र रगतले लतपतिएका मानिसहरूलाई एक तले भवनको भग्नावशेषबाट बाहिर निकालिरहेको देखिन्थ्यो ।