प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

घाँस काट्न गएकी महिलालाई बाघले लगेपछि...

२०८० बैशाख ९, शनिबार ०२:३३ बजे

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शुक्रबार बिहान ११ बजेतिर चार/पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो । 

उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीको भनाइ छ ।सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो ।

बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नगरेको प्रहरीले जनाएको छ ।  चन्दसँगै घाँस काट्न गएका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए । बाघको आक्रमणपछि महिला बेपत्ता भएपछि स्थानीयवासी त्रसित छन् ।