काठमाडौं – भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको निधन भएको छ। कौशिकको ६६ वर्षीय कौशिकलाई हृदयघातका कारण मृत्यु भएको हो ।
दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका उनलाई ह्दयघात भएको थियो । उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो। उनको त्यहाँ निधन भएको हो।
अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन्। उनले आफूसँगको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन्।
सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए। कौशिकका पत्नी र एक छोरी छन्।