हेटौंडा – शनिबार रातिदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । सडकमा खसेको पहिरो पन्छाएसंगै दुवैतर्फ संचालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
इच्छाकामना गाउँपालिका-५ तुइन खाेलामा नारायणगढतर्फकाे भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।आइतबार दिनभर एक्साभेटर र लोडरले पहिरो हटाएपछि साँझ पौने ६ बजेपछि सञ्चालनमा आएको हो ।