हेटौंडा – बैतडी र सिरहामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पाटन नगरपालीका १० मा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिप चालक डडेलधुराको नवदुर्गा गाउँपालीका ५ बस्ने ३६ वर्षीय तेज बहादुर साँउदको घटनास्थलमै मृत्यु भएको हो । जिप सडकबाट १५० मिटर तल खसेको र जिपमा अन्य यात्रु सवार नरहेको प्रहरी चौकी खोड्पेले जानकारी दिएको छ ।
लहान नगरपालिका ३ मा गएराति पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । दुर्घटनामा पैदलयात्री धनुषाका जनकपुर उपमहानगरपालिका २३ का २४ वर्षिय मुकेश साह र २२ वर्षिय बिबश खनाल घाईते भएका थिए । दुबैको धमिनी अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मुकेशको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति साढे ११ बजे बा १९ च ६९३२ नम्बरको पिकअपले पैदलयात्रीद्धयलाई ठक्कर दिएको हो । सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।