प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

प्रहरीको गाडी दुर्घटना: २ डीएसपीसहित ६ जना घाइते

२०७९ श्रावण २८, शनिबार ०७:४१ बजे

काडमाडौं – जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको लु १ झ ६६० नम्बरको गाडी पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै दुर्घटनामा भएको छ । आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा सोही गाउँपालिका( ११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीसहित अन्य तीन जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।