प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु

२०७९ असार २०, सोमबार ०५:२९ बजे

हेटौंडा – गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका ५ वयलडाँडामा रा १ स ३४५० नम्बरको टेप्मोको ठक्करबाट ४५ वर्षीय राजकुमारी चौधरीको मृत्यु भएको हो।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा सोमबार बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लमहीबाट गढवातर्फ जाँदै गरेको टेप्मोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।