प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रवि लामिछानेले हेटौंडामा घण्टी बजाउँदै बागमती प्रदेशका १८ मन्त्रीलाई भने ‘साँढे’

२०७९ श्रावण २७, शुक्रबार ०९:३८ बजे

हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नु पर्ने बताएका छन् । हेटौंडा आयोजित बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेशमा आफ्नो कार्यकर्ता भर्ती गर्ने र पोस्ने काम मात्रै भएको बताए ।

लामिछानेले बागमती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको संङ्ग्या दिएका छन् । बागमती प्रदेशको उदाहरण दिदै छामिछानेले ‘यो प्रदेशलाई १८/१८ जना साँडे भन्छु म, माफ गुर्नहोला मेरो शब्दलाई, १८/१८ जना साँडे किन चाहिन्छ ?,’ उनले भने,‘यदि यसलाई सहि ढंगबाट चलाउन सकेको भए, चुस्त दुरुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पग्न सकेको भए । एउँटा अर्को तह हुन सक्थ्यो ।’

लामिछाने मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरु र उद्योग कलकारखाना बन्द गर्नेहरुको खाता खोलेर हिसाब निकाल्ने समय आएको बताएका छन् । आफुले स्वदेशमै उत्पादन भएको राम्रो लुगा लगाउँछु भन्दा पनि नपाएको गुनासो गर्दै  हेटौंडा कपडा उद्योग बन्द गर्नेहरुसंग हिसाब खोज्नुपर्ने बताए । 

उनले हेटौंडाकै निजी सिमिन्ट उद्योगहरुले नाफामा आर्जनगरी कर्मचारीलाई बोनस बाँड्दै गर्दा हेटौंडा सिमेन्ट उद्योग कसरी घाटामा गयो ? प्रश्न गरे । उनले सरकारी उद्योग करोडौं घाटामा जानुको कारण खोजी गरि हिसाब माग्नु पर्ने बताए ।