गोरखा – गोरखाको पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यान चौतारामा ब्ल्याङ्केटभित्र
एक युवतीको शव फेला परेको छ । ब्ल्याङ्केटभित्र बेरेर सडकको नालामा फालिएको अवस्थामा बिहीबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरीको टोली पुगेर हेर्दा शंकास्पद देखिएको एसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्दाजी २५ बर्षीया युवती रहेको र उनको अनुहारमा चोटपटक समेत देखिएको छ ।
शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याईएको छ । घटनाको थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली खटाईएको एसपी श्रेष्ठले बताए ।