काठमाडौं – अमेरिकामा बसेर नेपाली गीत संगीत क्षेत्रमा सक्रिय गीतकार कुमार मिश्रको शब्दमा रहेको बिल्कुलै नयाँ सांगीतिक सौगात 'कसम' सार्वजनिक भएको छ। साईराज खातीको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीत अमेरिकामा रहेका अर्का संगीतकार अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।
गौतम बुद्ध जन्मस्थल लुम्विनी भित्र छायाँकन गरिएको यस गीतको भिडियोमा मोडल कमल सिंह र ललना चिमरिया बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। भिडियो 'केके अक्टेभ' नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि गीतकार मिश्रको शब्दमा रहेको 'हंगामा भो', फुल बनी', चिनी अमिलो', 'बालै भएन', 'माया बसेछ', 'छ पक्कै ल पक्कै' लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।