प्रहर खबर
 २०८३ कार्तिक ३, सोमवार    

सवारी दुर्घटनमा परी ५ जनाको मृत्यु

२०७९ कार्तिक १४, सोमबार ११:१८ बजे

हेटौंडा – देशको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनमा परी ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

रुपन्देहीको ओमसतिया गाउपालिका ४ पननीमा आज बिहान कारको ठक्करबाट ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानिय बिकाश कुर्मीको छोरी १४ वर्षीया सिमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र वन्धना कुर्मीको छोरा ३५ दिनका बालक रहेका छन् ।

घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएकी २४ वर्षीया वन्धना कुर्मी र २९ बर्षीया मञ्जु कुर्मीको मेडीकल कलेज भैरहवामा उपचार भइरहेको छ । नम्बर नखुलेको कारले आज बिहान पौने ६ बजे पैदल हिडिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको हो । कार सहित फरार भएका चालकको खोजी भईरहेको जनाएको छ ।

कपिलबस्तुको महाराजगंज नगरपालिका १ स्थित महाराजगं गैडहवा भित्रि सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु ६९ प १५ ६९ नम्बरको मोटरसाइकल आज बिहान साढे ६ बजे अनियन्त्रित भई सडक छेउमा रहेको खाल्डोमा खसेको थियो ।

गम्भिर घाइते भएका चालकको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवा कपिलबस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ । मृतकको सनाखत हुन भने बाँकि रहेको छ ।

रुपन्देही बुटवल उपमहानगरपालिका १३ जितगढीमा गएराती बस र मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै तिलोत्तमा नगरपालिका १२ जैकुटीका ४८ वर्षीय शेर बहादुर थापा रहेका छन् । गम्भीर घाइते भएका थापाको उपचारका क्रममा आज बिहान साढे ४ बजे युनिभर्सल कलेज अफ मेडीकल साईन्स अस्पताल भैरहवामा मृत्यु भएको हो ।

पुर्व पश्चिम राजमार्गमा पश्चिमदेखि पुर्वतर्फ आउदै गरेको ना ६ ख ७९ ०९ नम्बरको बस र पुर्वबाट पश्चिमतर्फ जादै गरेको लु २७ प ६९७४ नम्बरको मोटरसाइकल गएराती साढे १ बजे एक आपसमा ठक्कर खाएका हुन् । बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।