प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरबासीलाई सतर्क रहन आग्रह

२०७९ असार १४, मंगलबार ०५:५५ बजे

हेटौंडा – जिल्ला प्रशासन कार्यालय(जिप्रका) मकवानपुरले स–साना नदी तथा खोलाका आसपास बसोबास गर्ने स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मकवानपुर आसपास भइ बग्ने स–साना नदिहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने पूवानुमान रहेकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

आज दिउँसो र राती देशभर सामान्य  देखि पुर्ण बदली रहनेछ । बागमती प्रदेशको धेरै स्थानहरुमा भारी तथा एक, दुई स्थानमा धेरै भारी बर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ ।