हेटौंडा – रिसको आवेगमा एक युवाले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका(४ बस्ने ३७ वर्षीय चन्द्र राईले आफ्नै ३७ वर्षीया श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । सामान्य बादबिबादको क्रममा रिसको आवेगमा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।