काठमाडौं । सहकारी काण्डमा अदालतको आदेशले जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छुटाउन चलेको हस्ताक्षर अभियानमा सहभागी एक प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई हेडक्वार्टरले छानविनमा तानेको हो ।
सहकारी ठगीको मुद्दामा उच्च अदालत बुटवलको आदेशले पुर्पक्षका लागि भैरहवा कारागार गएका लामिछानेलाई बाहिर निकाल्न रास्वपाले देश तथा विदेशमा हस्ताक्षरसहित नगद संकलन अभियानमा चलाइरहेको छ ।
साेही क्रममा सो पार्टीको जिल्ला समिति बाँकेले नेपालगञ्जमा गरेको कार्यक्रममा पुगेर सई खड्काले प्रहरी पोशाकमै हस्ताक्षर गरेका थिए ।