प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडा मतगणना अपडेटः एक ‘नो भोट’

२०७९ जेठ ३, मंगलबार १२:३० बजे

हेटौंडा – मकवानपुरको हेटौडा उपमहानगरपालिकाको मतपत्रमा नो भोट लेखेको पाइएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४को १५५४ मतगणना हुँदा एक नो भोट भेटिएको हो । 

सो वडाको एक मतदाताले आफ्नो मतपत्रमा नो भोट लेखेको पाएका हो । मत पत्रलाई ‘क्रस’ चिन्ह प्रयोग गरि अंग्रेजीमा ‘नो भोट’ लेखिएको छ ।

कुनै पनि उम्मेदवार मन नपरेको कारणले मतपत्रमै नो भोट लेखेको हुन सक्ने अनुमान छ ।

राइट टु रिजेक्टको व्यवस्था हुन पर्ने माग भएपनि त्यो नेपालको निर्वाचनसम्बन्धी कानुनमा ब्यवस्था छैन ।