हेटौंडा – यात्रुबहाक बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ मा बिहिबार बस दुर्घटना हुँदा अन्दाजी ५५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन् । घाइतेमध्ये ६ जनलाई उपचारको लागि सप्तरीकै भारदह अस्पताल पठाइएको छ भने अन्यको स्थानीय अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । विराटनगरबाट कटारीतर्फ जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस बिहान पौने ११ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।