प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

निर्दलीय अभ्यासतिर देशलाई धकेलियो: सांसद रावल

२०७९ श्रावण १७, मंगलबार ०९:४४ बजे

काठमाडौं – नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताए । मङ्गलबारको प्रतिनिधिस बैठकमा बोल्नुहुँदै सांसद रावललेनेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिए पनि यसको खुलेआम उल्लङ्घन भइरहेको बताए।

उनले कुनै पनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानुनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानि पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिएपनि देशमा अहिले विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान मिचि, उल्लङ्घन गरी मनपरी गर्नेछु भन्ने जस्तो चरित्र देखिन थालेको बताउए ।