हेटौंडा – १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । तनहुँमा जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्री पक्राउ परेका हुन् ।
स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई लगेर ती बालिकालाई थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खठिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।