प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

श्रीमतीले गरिन् लोहोरो प्रहार गरी श्रीमान्‌को हत्या

२०७९ जेठ २३, सोमबार १४:४० बजे

हेटौंडा – श्रीमतीले मसला पिस्ने सिलौटाको लोहोरोले प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका १४ मा बस्दै आएकी नेपाल माइती भएकी ३७ वर्षीया गायत्री नेपालीले लोहोरोले प्रहार गर्दा भारत बलरामपुर घर भएका ३३ वर्षीय श्रीमान पंकज गुप्ताको मृत्यु भएको हो ।

गायत्रीले सिलौटाको लोहोरो प्रहार गर्दा गएराति पंकजको मृत्यु भएपछि वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृत्यु भएको गायत्रीले बयान दिएको प्रहरीले जनाएको छ । यसअघि पनि उनीहरुबिच पटक पटक विवाद हुँदै आएको प्रहरीको भनाई छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।