दमौली – तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बल बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए। घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बल बहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ढिस्कोले पुरिएर झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देन घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।