हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.९ मा एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ ।
स्थानीय राज कुमार मोक्तानको २ तले काठको कच्ची घरमा अगेनाको आगोबाट आगलागी हुँदा लत्ताकपडा ,काठपात, मकै–६ मुरी, बाख्रा–३ वटा, खसी ३ वटा गरी पाँच लाख बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घर पुर्ण रुपमा क्षती भएको छ । घरमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।