हेटौंडा – कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलास्थित सडकमा ट्रक र बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार कैलाली धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीया निता खड्का रहेका छन् ।
प्रहरीका अनुसार लु.१ ख ८६०८ नम्बरको ट्रक र सु.प प्रदेश ०१–००१ ख ३३९२ नम्बरको बस एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनमा घाइते भएका बसमा सवार १२ जनाको सञ्जीवनी अस्पताल चन्द्रौटा र चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुबै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सांकेतिक तस्बीर