प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

दुबई पठाइदिन्छु भन्दै ३८ लाख ठगी

२०७९ भाद्र १२, आईतबार १५:०२ बजे

काठमाडौं– दुबई पठाइदिन्छु भन्दै नगद ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नवपलरासी(पश्चिम) प्रतापपुर गाउँपालिका(२ गोपिगञ्ज घर भई काठमाडौं गोंगबु बस्ने ५४ वर्षीय भोज बहादुर चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

दुबई पुगेपछि आर्मस गार्डमा नगद १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पीडितहरूबाट ३८ लाख रुपैयाँ लिई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।