प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

७ सय रुपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

२०७९ फाल्गुन ७, आईतबार ०६:०६ बजे

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँ बढेर आज १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।