प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विना गाइड पदयात्रामा हिँडेका एक पर्यटकको मृत्यु

२०७९ पौष १६, शनिबार ०२:१७ बजे

काठमाडौँ – गाइड विना सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीय कोरियाली पर्यटक ली म्युङकप रहेका छन् ।

पदयात्राका क्रममा ४०४० मिटर उचाइको साम्रे गाउँस्थित फ्रेन्डसिप लजमा बास बसेका ली म्युङकप बिरामी परेका थिए । प्रहरीका अनुसार हाइअल्टिच्यूट पचाउन नसकी बिरामी भएपछि लुक्लामा उपचारका लागि ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सरकारले प्रत्येक पर्यटक गाइड विना पदयात्रामा जान नपाउने र टिम्सको अनुमती समेत नपाउने कानुनी व्यवस्था भएपनि ली म्युङकप गाइड विना नै पदयात्रामा गएका थिए ।