काठमाडौं – काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ मा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान अबिरल वर्षासँगै गएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उहाँका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
ठुलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पताल बनेपा, निर बहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।