काठमाडौं – घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग टस जितेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुबै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ ।
समूह विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । विवेक यादवलाई नै निरन्तरता दिने निर्णय लिएको छ ।
नेपालको प्लेइङ ११ मा आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन् ।
त्यस्तै ओमानले नेपालविरुद्ध टोलीमा दुई परिवर्तन गरेको छ । टियु क्रिकेट मैदानमा ओमानले टस जितेर पहिला ब्याटिङ गर्दै छ ।
ओमानले सिंगापुरको खेलबाट आफ्ना तीव्र गतिका बलर फयाज बट र मोहम्मद नदिमलाई बेन्चमा राखेको छ । विकेटकिपर मोहम्मद नसिम र तीव्र गतिका बलर कलिमुल्लाहलाई आजको खेलमा खेलाएको छ ।
ओमानको प्लेइङ ११ मा जिशान मकसुदर(कप्तान), अकिब इलियास, कश्याप प्रजापति, शोएब खान, आयन खान, मोहम्मद नसिम(विकेटकिपर), बिलाल खान, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान र प्रतीक अथावले रहेका छन् ।