प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

उपसचिव प्रमोद नेपाल २२ लाख ५० हजार घुस र श्रोत नखुलेको रकम पक्राउ

२०७९ श्रावण १७, मंगलबार १४:४२ बजे

हेटौंडा – संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका उप–सचिव प्रमोद नेपाल घुस र श्रोत नखुलेको रकम सहित पक्राउ परेका छन् ।

नेपालको साथबाट ६ लाख घुस रकम र श्रोत नखुलेको १६ लाख ५० हजार गरी २२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई ६ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको आयोगका प्रवक्ता भण्डारीले जानकारी दिए।

उनका अनुसार उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका वडा नं. १ मनकामना मार्गस्थित आरन्य होटल कम्पाउन्डबाट पक्राउ गरिएको हो । नेपालले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँ समेत बरामद गरिएको बताए ।

घुस र स्रोत नखुलेको रकम २२ लाख ५० हजार रुपैयाँ सहित नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भण्डारीले बताए ।