हेटौंडा – बर्षाका कारण देशभरका ठुला तथा साना नदीहरुमा पानीको बहाब बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, नारायणी, सेती गण्डकी लगायत ठुला नदिमा जलसतह सतर्कता तह आसपास रहने छ ।
नदीमा पानीको बहाव बढ्ने भएको तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ्
त्यस्तै महाशाखाले मकवानपुर, तनहुँ, काठमाडौं, धादिङ, गोरखा, रुपनदेही, पाल्पा, अर्घाखाँची, कैलाली कञ्चनपुर, डोटी लगायत देशभरका २५ जिल्ला आसपास भई बग्ने साना तथा ठुला नदिहरुको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।