काठमाठौं – दाङमा हतौडा प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका वडा नं १ क्युरेनीका लालबहादुर बोटेले आफ्नै श्रीमती ३४ वर्षकी खुमी बोटेको हत्या गरेका हुन् ।
खुमीलाई सुतेको समयमा हतौडाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमानलाई स्थानीयले नियन्त्रणमा राखेर प्रहरीलाई बोलाएका थिए । हत्यामा संलग्न भएका लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । लालबहादुरले रिसको झोँकमा हतौडाले हानेको स्वीकार गरेको प्रहरीको भनाई छ ।