प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा अपाङ्गता भएकाहरुलाई सहायता सामग्री वितरण

२०८० असार १३, बुधबार १४:२५ बजे

हेटौंडा - वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले ७० जना अपाङगता भएका ब्यक्तीहरुलाई सहायता सामग्री वितरण  गरेको छ । बुधबार एक कार्यक्रमबीच प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उक्त अपाङगता सहायता सामग्री वितरण गरेकी हुन् ।

मन्त्रालयको १५ लाख बजेटमा गुणस्तरिय सामग्री हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ह्विल चियर, कृत्रिम खुट्टा, बैसाखी, श्रबण यन्त्र, फोडिङ बेड, सेतो छडी लगायत अपाङगता सहायता सामग्री हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री लामाले युवा र महिलाको कार्यक्रम र बजेटमा पनि अपाङगता भएका ब्यक्तीको अधिकार रहेको बताएकी छन् । आज मन्त्रालयको आयोजनामा अपाङगता भएका ब्यक्तीहरुलाई सहायता सामग्री बितरण गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री मोक्तानको अनुसार अपाङगता भएका ब्यक्ती युवा र महिलाको पनि हुने हुनाले उक्त बिषयमा बिनियोजित बजेत तथा कार्यक्रममाथी अधिकार रहेको बताए । उनले भने “ यो पटक बजेटको सिलिङ नै घटेर आएकोले मन्त्रालयले अपाङगता भएका ब्यक्तीको लागि ल्याएको कार्यक्रम प¥याप्त नहुन सक्छ यद्यपी अन्य क्षेत्रसंग पनि मिलाएर हामी अभिभाबकत्व निर्बाह गर्न चुक्दैनौं ।”

उनले सरकारको सिमित श्रोत साधन र बजेटको कारण असिमित समस्याको समाधान गर्न नसकेपनि न्युनिकरणको प्रयत्न गरिने बताइन् । मन्त्रालयले हस्तान्तरण गरिरहेको सहायता सामग्री प¥याप्त नभएपनि राहत भने हुने उनको भनाई छ।