प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हिमपहिरोमा परेर एक जनाको मृत्यु, दुई जना बेपत्ता

२०८० जेठ ७, आईतबार १४:१४ बजे

काठमाडौं – बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका हिमपहिरोमा परेर एक जनाको मृत्यु भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।

आइतवार सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा यार्सा सङ्कलन गर्ने क्रममा हिमपहिरो जाँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् । हिमपहिरोमा परेर मृत्यु, घाइते र बेपत्ता भएकाको पहिचान हुन बाँकी रहेको उनले बताईन् ।